मकवानपुर | मनहरी गाउँपालिकाको ३ नम्बर वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३ विद्यार्थीलाई आफ्नो पारीश्रमीक उपहार स्वरुप प्रदान गरेका छन् ।
उनले महेन्द्र ज्योती माध्यामिक विद्यालयका ३ विद्यार्थीलाई आफ्नो एक महिनाको पारिश्रमिक उपहार दिएका हुन् । ।
मंगलबार विद्यालयका सहायक प्रधानाध्यापक विदुर थापाको सभाध्यक्षतामा भएको एसईई उतिर्ण छात्रछात्राहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा ३.१० जिपिए प्राप्त गर्दै सर्वोकृष्ट भएकी प्रिन्सा पौडेललाई नगद १० हजारसहित प्रमाणपत्र र खादा लगाइ सम्मान गरिएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सीना र स्वस्तीका बर्तौलालाई जनही ४ हजार नगद र खादासहित सम्मान गरीएको थियो ।
आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने सोचले आफूले एक महिनाको पारिश्रमिक उपहार दिएको वडाअध्यक्ष अर्याल बताउँछन् ।