जेसीआई पालुङद्वारा साहित्यकार ‘बिर्खे अन्जान’ सम्मानित

जेसीआई पालुङले साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अन्जान’लाई सम्मान गरेको छ।

साहित्यकार बर्तौलाले थाहा नगरपालिकालाई साहित्यको माध्यमबाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै जेसीआई पालुङले उनलाई २१० औं भानु जयन्तीको अवसरमा सम्मानित गरेको हो ।

मकवानपुरको उत्तरी क्षेत्रमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा लामो समयदेखि सक्रिय रहि विशेषतस् समालोचना, मुक्तक ,कविता लेखनमा महत्वपूर्ण योगदान पुर्याए वापत साहित्यकार बिर्खे अन्जानलाई सम्मान गरिएको जेसीआई पालुङका सन् २०२३ का शाखा अध्यक्ष संगम कार्कीले बताए ।

साहित्यकार बिर्खे अन्जानलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका उपमेयर भरत गोपाली र जेसिजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले भादगाउँले टोपी, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । थाहाका साहित्यकार बिर्खे अन्जानले यसअघि युवा वर्ष मोति पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने विशिष्ट युवा प्रतिभा पुरस्कार २०८० समेत प्राप्त गरिसकेका छन।

कार्यक्रममा उपाध्यक्ष दिपा बल, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की, पुर्व अध्यक्ष मनोज रायमाझी, मोटिभेसन स्पिकर जय बहादुर मल्ल, सुभारम्भ कृषक समुहका अध्यक्ष बिक्रम बिष्टलगायतको उपस्थित रहेको कार्यक्रम संयोजक अजय कार्कीले बताए ।