ब्लड क्यान्सर पीडित १८ बर्षिय स्याङ्तानका लागि सहयोगको अपिल

हेटौंडा | ब्लड क्यान्सर (ल्युकेमिया)बाट पीडित मकवानपुरगढी गाउँपालिका ४ नम्बर वडाका १८ बर्षिय दिरुशाम स्याङ्तानको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका स्याङतानको बिगत १ महिनादेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

सामान्य रोजगारीको शिलशिलामा बीरगञ्जमा कार्यरत स्याङ्तानका पिता दिनेश कुमार स्याङ्तानले छोराको उपचारमा ३० देखि ३५ लाखसम्म लाग्ने अस्पताल प्रशासनले बताएको र उक्त रकम आफुले व्यवस्था गर्न नसक्ने भएपछि सहयोगकालागि सम्पूर्ण आफन्त लगायत सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।

हुर्केको छोरालाई ब्लड क्यान्सर भएर उपचारमा लग्नेबेला भएको रकमहरु पनि सकिएकोले छोराको उपचारको लागि सहयोग गरिदिन बिरामीको आमा रुपा स्याङतानले सबैलाई अनुरोध गरेकी छन् ।

स्याङतानलाई सहयोग गर्न चाहनुहुने संघसंस्था तथा सहयोगी मनहरुले उनका पिता दिनेश कुमार स्याङ्तानको नाममा सिद्धार्थ बैंकमा रहेका खाता नम्बर ००२१७५६९३५० मा रकम जम्मा गरिदिनुहुन र थप जानकारी लिन परे मोबाइल नम्बर ९८४५७७३९१ मा ह्वाट्सअप गर्न स्थानीय नवराज पख्रिनले आनुरोध गरेका छन् ।