मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थ निषेध गर्न श्रावण १५ गतेसम्मको अन्तिम चेतावनी दिएको छ ।
सोमबार कार्यालयले एक सुचना जारी गर्दै श्रावण १५ गते सम्ममा गुट्खाजन्य पदार्थको मौज्दात शुन्य गराउन व्यवसायीहरुलाई आग्रह गरेको हो ।
बढ्दो रुपमा गुट्खाजन्य पदार्थको सेवनका कारण मानीसको शरीरमा हानी हुने भएकाले यसलाई निषेध गरीएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममै सो कुरा समेटेर गुट्खाजन्य पदार्थ मुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष कालाखेती बताउँछन् ।
श्रावण १५ गतेपश्चात गाउँपालिकाभित्रका कुनै पनि पसलहरुबाट गुट्खाजन्य पदार्थको विक्री तथा वितरण गरिएमा सामाग्री जफत गरीने र कानुन वमोजिम कारवाहि गरीने अध्यक्ष कालाखेतीद्धारा हस्ताक्षर गरीएको सुचनामा जनाइएको छ ।