बिना विभागीय मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेश सरकारमा लामो समयदेखि बिना विभागीय मन्त्री रहेका रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रदेश सरकारको ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई टुक्राएर चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । यससंगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् ।

उनका सचिवालय स्रोतका अनुसार कांग्रेसको भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग थियो । तर, माओवादीको भागमा परेको उक्त मन्त्रालय विभाजन गर्न उनीहरूले अस्वीकार गरेपछि अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई टुक्राएर चित्रकारलाई जिम्मेवारी तोकिएको हो ।

Pop Up WordPress Plugin