नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्चस्तरीय छानबिन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।
सचेतक बर्तौलाले उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भए सदन पनि अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने ‘ प्रतिपक्ष र जनताले उठाएको माग उच्चस्तरीय छानबिन समिति बनाउँने कुरामा सहमत भएर आउँने छ र सदन अगाडि बढ्नेछ भन्ने विश्वास छ । ’
सचेतक बर्तौलालले संसदीय समितिको विषयमा पनि एक खालको सहमति भएको बताए ।
उनले भने ‘ समितिको विषयमा नेकपा एमाले र अरु दलहरुबीच एकप्रकारको सहमति भएको छ । आज सदन अगाडि बढाएर समितिको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउँने कुरा बैठकमा राखेका छौ । विषयगत समितिमा केही सदस्यहरु हेरफेर गर्न पर्ने छ । हामीले हाम्रो तर्फबाट पनि हेरफेर गर्नुपर्ने छ त्यसको तयारी गरेका छौ । यसको विषयमा सभामुखले यहीबाट आफ्नो घोषणा गर्न सक्नु हुनेछ । ’ (नेपाल न्यूज बैंक)