अब नेपाली कांग्रेस सच्चिनुपर्छ

नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतद्वारा बुधबार पत्रकार सम्मेलनमा पेस गरिएको वक्तव्य ।

नेपाली कांग्रेस मकवानपुरको पार्टी संगठन जति बलियो भयो त्यति नै हामी सबैको राजनितिक भविष्य सुरक्षित हुन्छ।

सम्पुर्ण नेपाली कांग्रेसका कार्यकर्ता जसले आफ्नो जिवन नै पार्टीमा लगाउनुभयो । पार्टीको आजको स्थितीसम्म आइपुग्न तपाई सम्पूर्ण साथीहरुको रगत पसिना बगेको छ।

पार्टीलाई सुकेको रुख होइन फल फलिरहेको भरिलो रुख बनाओ । तब हामी सबैले फल खान पाउँछ । कांग्रेसका नेताहरु अहिले पार्टीको विभिन्न पदहरुमा पुग्नुभएको छ। सामाजिक सम्मान र प्रतिष्ठा बढेको छ, त्यो नेपाली कांग्रेस पार्टी भएर हो ।

त्यसलाई मनन् गर्दै विगतको निर्वाचन तथा अन्य विपयले ल्याएको तिक्तता लाई भुलेर नेपाली कांग्रेसका आदरणिय नेताहरु सबै जना एक ठाउमा बसी छलफल, आत्म समिक्षा गर्दै समस्या भए त्यही तहमा सल्ट्याएर अब पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचान सम्ममा मकवानपु जिल्लाको तहगत सबै जनप्रतिनिधिहरुमा नेपाली कांग्रेसको बनाउन हार्दिक आग्रह गर्दछ ।