प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः दिलिस गोविन्द जोशी निर्वाचित भएका छन् ।
शनिबार हेटौंडामा सहकारी भएको १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा निलम श्रेष्ठ, सचिवमा कमल गौतम, कोषाध्यक्ष यदुनाथ तिमिल्सिना तथा सदस्यहरुमा राजेश्वर दाहाल, समेन्द्र पौडेल, हरिगोपाल सापकोटा, हरि श्रेष्ठ र मेनुका पौडेल चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा गोकर्णप्रसाद बर्तौला तथा सदस्यद्वयमा रुपेश खतिवडा र अजिव भट्टराई चयन भएका छन् ।