बर्तौलाको नेतृत्वमा साहित्य सङ्गम मकवानपुर

हेटौंडा । मकवानपुरको पुरानो साहित्यिक संस्था भनेर परिचित साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिबी बर्तौला विजयी भएका छ्न् ।

शनिबार हेटौंडामा भएको संङ्गमको १६ औं अधिवेशनमा बर्तौलाले ९७ मत प्राप्त गर्दै अध्यक्षमा बाजी मारेका हुन् ।

बर्तौलाका निकटतम प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले भने ८१ मत प्राप्त गर्दै पराजय व्यहोर्नुपरेको छ ।

उपाध्यक्षमा एसके निधनलाई ६५ मतान्तरले हराउँदै सानू खनाल विजयी भएका छन् । उपाध्यक्ष खनालले १२१ मत प्राप्त गर्दै विजयी भइराख्दा निधनले भने ५६ मत प्राप्त गर्दै पराजय भएका छन् ।

सचिवमा ११० मत प्राप्त गर्दै मनोज पोखरेल विजयी भएका छन् । पोखरेलसँग प्रतिस्पर्धा रहेका यश लामाको पक्षमा भने ६७ मत खसेको छ ।

त्यसौगरी सदस्यहरुमा रजनी पौडेल (१२४), स्वस्तिका बानियाँ (११८), कृतिका लौडारी (९९) र कुबेर पराजुली (८३) विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार कुल सदस्य संख्या २ सय ४४ रहेको संङ्गमको अधिवेशनमा १ सय ८२ मत मात्र खसेको थियो । जसमध्ये बदर मतको संख्या ३ रहेको छ ।