मकवानपुर । लियो जिल्ला परिषद् ३२५ एस नेपालको दोस्रो जिल्ला परिषद् बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।
लियो क्लब अफ हेटौंडा मुक्तिनाथ, मल्टिभिजन, प्यारेडाइज र वारियर (मुक्तिनाथ परिवार) को आतिथ्यता तथा एरिया-२ का क्लबहरुको सहयोगमा मंसिर ९ गते हेटौंडामा लियोको दोस्रो जिल्ला परिषद् बैठक हुन लागिएको हो ।
बैठकमा जिल्ला परिषद ३२५ एस अन्तर्गत ३५ लियो क्लबहरुबाट सयौंका संख्यामा युवाहरु र अतिथिहरुको सहभागिता रहने एरिया-२ का चिफ बिबेक फुयालले जानकारी गराए ।