सिआनको सातौं वार्षिक साधारणसभा, अध्यक्षमा अग्रवाल सर्वसम्मत

मकवानपुर | दुर्व्यसनमुक्त समाज निर्माणका लागि अभियान सञ्चालन गर्दै आइरहेको सिआन पुनर्स्थापना केन्द्रको अध्यक्षमा विजेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार भएको केन्द्रको सातौँ वार्षिक साधारणसभाबाट अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

केन्द्रको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका ब्लोन लामा, कोषाध्यक्षमा मन डिसी, सहसचिवमा ओम फुयाल (अनिष आयु बाबा) तथा कार्यसमिति सदस्यहरुमा आतिष दाहाल, विनोद आचार्य, शुभेच्छा कार्की र मिनु अग्रवाल चयन भएका छन् ।

सात वर्षअघि सौजन डिसीले आफ्ना स्वर्गीय छोरा सिआन डिसीको स्मृतिमा लागुऔषध दुर्व्यसनमा फसेकाको उपचार गर्ने उद्देश्यले सिआन पुनर्स्थापना केन्द्रको स्थापना गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएका अग्रवाल स्वर्गीय सिआनका हजुरबुबासमेत हुन् । सिआनका पिता सौजन अध्यक्ष अग्रवालका छोरीज्वाईं हुन् ।

Pop Up WordPress Plugin