मनहरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको ३२ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा निर्वाहभत्ता वितरण गरेको छ ।
आईतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी भत्ता वितरण गरेको हो ।
नेपाल सरकारले वितरण गर्दै आईरहेको सामाजीक सुरक्षा भत्तामा नसमेटिएका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तीहरुलाई लक्षित गरी भत्ता वितरण गरीएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले मनहरीका १ सय ३४ जनालाई जनहि ५ हजार ४ सय रुपैयाँ भत्ता वितरण गरीएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले राज्यको ध्यान नपुगेका आंशीक अपाङ्गलाई स्थानिय सरकारले समेट्नु पर्छ भन्ने उद्देश्यले भत्ता वितरण गरिएको बताइन् ।
त्यसैगरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आगामी दिनमा थप वजेट विनियोजन गरी अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहमा टेवा पूर्याउने उद्घोष गरे ।
मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले स्वागत मन्तव्य राखेका थिए । महिला तथा बालबालिका विकास शाखा प्रमुख शिला अधिकारीले सहजीकरण गरेको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, एम आई एस अपरेटर दिपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।