मनहरी अध्यक्ष कप फुटबल: २ र ७ नम्बर वडा फाइलनमा

मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलबाट २ र ७ नम्बर वडा विजयी हुँदै फाइनलमा प्रवेश भएका छन् ।

मंगलबार भएको दुइवटा सेमिफाइनल खेलमा उक्त दुई टिमले विजयी हासिल गरेका हुन् ।

पहिलो खेल २ नम्बर वडा र ६ नम्बर वडा बिचमा रहेको थियो ।

पहिलो खेलमा २ र ६ नम्बर वडाबीच १-१ गोलको बराबरीमा खेल सक्किएपछी खेल पेनाल्टी शुट आउटमा गएको थियो । २ नम्बर वडाका पाँचै जना खेलाडिले गोल गर्न सफल हुँदा ६ नम्बर वडाका दुई जना खेलाडीले भने गोल गर्न सकेनन् । सोही अनुरुप वडा नम्बर २ विजयी भएको थियो । पहिलो खेलमा वडा नम्बर २ का गोलकिपर अशोक मोक्तान म्यान अफ दि म्याच  हुन सफल भए ।

यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेल ७ नम्बर वडा र ८ नम्बर वडा बिचमा रहेको थियो । उक्त खेलमा ७ नम्बर वडालाई १-० गोल अन्तरले पराजित गर्दै ७ नम्बर वडा विजयी भएको हो । खेलको पहिलो हाफमै वडा नम्बर ७ ले  गोल गर्न सफल भएको थियो । सोही गोलनै ७ नं वडाका लागि जित हाशिल गर्न निर्णायक गोल रह्यो । ७ नम्बर वडाका लागि २३ औँ मिनेटमा उक्त गोल रवि लो ले गरेका थिए । यो सँगै दुबै टिम फाईनलमा प्रवेस गरेको छ । पुस ५ गते दिउसो १ बजे हुने फाइनल खेलमा वडा नं २ र वडा नं ७ प्रतिस्पर्धामा रहनेछन् ।

मंसिर ३० गते देखि मनहरी-७ रमौलीस्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो ।

खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ । साथै विभिन्न विधाका खेलाडिहरु र राष्ट्रिय स्तरका खेलाडिहरुलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ ।