राक्सिराङ्गलाई दुध डेरीको हब बनाउने उद्देश्यले कृषकलाई उन्नत जातका गाई वितरण

राक्सिराङ्ग गाउँपालिकालाई दुध डेरीको हब बनाउने उदेश्यले किसानहरुलाई उन्नत जातको गाई वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच राक्सिराङ्ग गाउँपालिका ३ नम्बर वडाका गाइपालक किसानहरुलाई उन्नत जातका १० वटा जर्सी गाई वितरण गरिएको हो ।

उक्त गाईहरु गाउँपालिकाको उन्नत जातको गाईपालन अनुदान कार्यक्रम अन्तर्गत किसानहरुलाई दिइएको गाउँपालिकाले जनाएको छ  ।

३ नम्बर वडा गाईबस्तु पालन गर्न उपयुक्त स्थान रहेको बताउँदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले दुध लगायत दुधबाट बनेका अन्य सामग्रीहरु बजारीकरण गर्न सजिलो हुने भनाइ राखे ।

उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने मल्लले भने । त्यस्तै थप अन्य  प्रोत्साहनहरु समेत रहने बताए ।  किसानको मागलाई ध्यानमा राखी ठाउ अनुसारको पकेट क्षेत्र बनाउदै जाने योजना रहेको छ । मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउदै लैजाने उनी बताउँछन् ।

वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ । कुनै आवश्यक समस्या परेमा पशुपन्छी विकास शाखालाई खबर गर्न मल्लले अनुरोध गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, ३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा, वडा सचिव भावना कडेल लगायतको आतिथ्यता रहेको थियो ।