नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा मकवानपुरे सांसद महेश बर्तौला मनोनित भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि यसअघि सचेत रहेका बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।
प्रमुख सचेतक बर्तौला मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।