मनहरी गाउँपालिकाले आँखा शिविरबाट ३९ मोतियाविन्दुका विरामीहरु फेला पारेको छ ।
मनहरी गाउँपालिकाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार मनहरीको २ नम्बर वडा र आईतबार ८ नम्बर वडामा आँखा शिविर कार्यक्रम सञ्चालन भएको हो ।
मनहरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालका अनुसार शनिबारको शिविरमा २ नम्बर वडाबाट २ सय ३३ र आइतबार ८ नम्बर वडाबाट २ सय ३१ जनाले सेवा लिएका छन् ।
जसमध्ये वडा नम्बर २ को शिविरबाट २४ र ८ नम्वर वडाबाट जनामा १५ जनामा मोतियाविन्दु देखा परेको दाहालले बताए । उनीहरुको हेटौँडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिने दाहाल बताउँछन् ।
यहि चैत ६ गते वडा नम्बर २ को २४ जना र चैत ७ गते वडा नम्बर ८ को १५ जनाको नि:शुल्क मोतियाविन्दुको शल्यक्रिया गर्नको लागि हेटौंडा ल्याउने गाउँपालिकाले जनाएको छ ।