नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन विजयी भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न संस्थाको ४९ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट महर्जनले कुवेर शर्मालाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।
महर्जनले १०४ मत पाउँदा अध्यक्षका प्रत्यासी शर्माले ४६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यहरुमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
संघको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलगायतका पदमा भने आइतबार बस्ने नयाँ कार्यसमितिको बैठकले विधानअनुसार मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष महर्जनले बताए ।