लियो जिल्ला परिषद् ३२५ एस, नेपालको अध्यक्षमा अधिकारी, उपाध्यक्षमा ओम प्रकाश निर्वाचित

लियो जिल्ला परिषद् ३२५ एस, नेपालको वर्ष २०२४/२५ को अध्यक्षमा अनिल अधिकारी र उपाध्यक्षमा ओम प्रकाश खतिवडा निर्वाचित भएका छन् ।

शनिबार मधेश प्रदेशको विरगंजमा भएको तेस्रो जिल्ला परिषद् बैठक तथा दोस्रो वार्षिक अधिवेशनबाट अधिकारी र खतिवडा क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल मतदाता संख्या ८५ रहेको जिल्ला परिषद्को अधिवेशनमा ८३ समर्थन मत खसेको थियो । जसमध्ये अध्यक्षमा अधिकारीले ६४ र उपाध्यक्षमा खतिवडाले ६२ समर्थन मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

रिजन-६ को संयोजनमा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ एस, नेपाल वर्ष २०२३/२४ की अध्यक्ष अस्मिता लामिछानेको सभाध्यक्षता तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो ।