बागमती प्रदेशका खानेपानी मन्त्री एकालालद्वारा संघीय भौतिक पूर्वाधार मन्त्री महासेठसँग भेटवार्ता

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले नेपाल सरकारका उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेका छन् ।

सोमबार संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाईपास सडकको पुर्णताको लागि उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् ।

उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठले आफ्नै कार्यकालमा हेटौंडा बाईपास सडकको सुरुवात भएको बताउँदै यसको पुर्णताको लागि सकारात्मक रहेको बताए । छिट्टै नै बाईपास सडक निरिक्षणको लागि हेटौंडा आउने चाहना रहेको सुनाउँदै महासेठले उक्त सडकलाई आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री महासेठ र मन्त्री श्रेष्ठबीच हेटौंडा रिङरोड, अन्य क्षेत्रमा पुर्वाधार निर्माण योजना र खानेपानी क्षेत्रका विभिन्न विषयमा समेत छलफल भएको थियो ।