गोविन्द प्रसादको नेतृत्वमा दुलाल बन्धु सेवा समाज मकवानपुर

दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् ।

हेटौंडा-१६, शक्तेश्वर मन्दिर परिसरमा भएको चौथो साधारणसभाले गोविन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले बरिष्ठ उपाध्यक्षमा मातृका दुलाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुलाल (रामनगर), सचिवमा रूपेश दुलाल, कोषाध्यक्षमा किशोर दुलाल र सहसचिवमा बलराम दुलाललाई चयन गरेको छ । समाजको सदस्यमा देवनारायण दुलाल, शम्भु प्रसाद दुलाल, ध्रुवप्रसाद दुलाल, पिताम्बर दुलाल, सरस्वति गौतम दुलाल, गोमा न्यौपाने दुलाल, कृष्णप्रसाद दुलाल (कमाने), भीमप्रसाद दुलाल र अशोक दुलाल चयन भएका छन् ।

त्यसैगरी, समाजको सल्लाहकारमा संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, निवर्तमान अध्यक्ष ध्रुवकुमार दुलाल र निवर्तमान उपाध्यक्ष उत्तरकुमार दुलाललाई मनोनित गरिएको छ ।

समाजका केन्द्रीय सदस्य दीपक दुलालको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष ध्रुवकुमार दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जग्गादाता स्वर्गीय जगन्नाथ दुलालका छोराबुहारी नवराज दुलाल, चण्डिका दुलाल, ध्रुव दुलाल र निर्मला दुलाल, संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, मन्दिर निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने गोविन्दप्रसाद दुलाललाई सम्मान गरिएको थियो । सभामा नालामी दुलालहरूको तर्फबाट संकलित २८ हजार ५ सय ७१ रूपैयाँ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश सदस्य अर्जुनप्रसाद दुलाल, पूर्व केन्द्रीय सल्लाहकार भवनाथ दुलाल, चितवन जिल्ला अध्यक्ष रामकृष्ण दुलाल, सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण दुलाल, उपाध्यक्ष मातृका दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष गोपाल दुलाल, चितवनका कार्यसमिति सदस्य रामप्रसाद दुलाल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *