लियो बहुजिल्ला परिषद् ३२५ नेपालको अध्यक्षमा काठमाडौंमा रहेर सामाजिक काममा सक्रिय अस्मिता लामिछाने विजयी भएकी छन् ।
अध्यक्षमा अन्य ३ प्रतिस्पर्धीहरुलाई पराजित गर्दै लामिछने नेपालको लियो क्लबहरुको सर्वोच्च निकाय मानिने लियो बहुजिल्ला परिषद् ३२५ को इतिहासमा पहिलो निर्वाचित महिला अध्यक्ष बनेकी छन् ।
‘आफ्नो कार्यकालमा म सामाजिक काममा युवाहरुको सहभागितालाई सक्रिय बनाउँदै समाजप्रति उनीहरुलाई उत्तरदायी बनाउनेछु । त्यसैगरी नेपालको लियोलाई अन्तर्राष्ट्रियसम्म पहिचान दिलाउन आफूले सकेको योगदान समेत गर्ने प्रतिबद्धता गर्दछु’, अध्यक्षमा निर्वाचित भएपछि लामिछानेले भनिन् ।
लामिछानेले यसअघि लायन वर्ष २०२३/२४ मा लियो जिल्ला परिषद ३२५ एस नेपालको अध्यक्षमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेकी छन् ।