मनहरी गाउँपालिकाद्वारा दलित समुदायका महिलाहरुलाई आयआर्जनमा अभिप्रेरीत गर्न साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरिएको छ ।
शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरीएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मगरले दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । समाजमा पिछडिएका दलित महिलाहरुलाई गाउँपालिकाले सिपमुलक तालिम दिएर सामाजीक र व्यवसायीक दुबै हिसाबले सफल बनाउने लक्ष्य लिएको उनको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सबै सहभागीहरुलाई शुभकामना दिए । तालिम पश्चात व्यवसायीक रुपमा अघि बढ्न पनि उनले सहभागीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा ५ नं वडाअध्यक्ष दीपेन्द्र अधिकारी , ६ नं वडासदस्य राममाया नगरकोटि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ९ वटा वडाहरुबाट ४५ जना दलित महिलाहरुको सहभागीता रहेको थियो ।