बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
देवकोटासँगै अन्य दुई प्रदेश प्रमुखहरुको बिहीबार साँझ पाँच बजे राष्ट्रपति निवास शीलत निवासमा शपथ लिने कार्यक्रम तय गरिएको छ । ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
उक्त सिफरिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनीहरुलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुखहरु नियुक्त भएका हुन् ।