बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने निर्णय गरेका छन् ।
मन्त्री महर्जनले पदभार ग्रहण गर्दै प्रदेशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले उक्त तालिमको व्यवस्था गर्न लागिएको हो ।
‘सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिको आयोजना गर्न लागेका हौं’, मन्त्री महर्जनले भने ।
यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने उनको भनाई छ ।