बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटक सम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् ।
मन्त्री महर्जनले उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरेका हुन् ।
सो निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंलाई पत्र समेत पठाइएको मन्त्रालयले जनाएको छ ।
साउन ९ गते नेवारी भाषामा शपथ लिएका यातायात मन्त्री महर्जनले पदभार सम्हाले लगतै मन्त्रालय मातहतका कार्यालय तथा सेवाग्रहीहरुको समस्याको विषयमा चासो देखाएका छन् । सोही अनुसार गत सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियाको क्रममा उपस्थित कार्यालय प्रमुखहरुले आआफ्नो कार्यालय तथा सेवाग्राहीहरुको विषयमा जानकारी गराएका थिए । जसमा सेवाग्रहीहरुले सेवा लिनका लागि लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या राखेका थिए ।
उत्तm समस्या समाधानका लागि मन्त्री मर्हजनले अबको केही दिनमा संघीय मन्त्री, बागमती प्रदेशका मन्त्री, सचिव, सम्बन्धित कार्यालयका प्रमुखहरु लगाएतका सम्बन्धित व्यक्तिहरुको बैठक बसेर हाल यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।