जय नेपाल इन्टरनेशनल फाउन्डेसनमा अस्ट्रेलियाका मदन राज पौडेल अध्यक्ष र महासचिवमा अमेरिकाका नवराज न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
जुममार्फत भएको फाउन्डेसनको भर्चुअल भेलाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
४३ सदस्यीय रहेको फाउन्डेसनको कार्यसमितिमा ३० भन्दा बढि देशहरुबाट जुझारू र जोशिला युवाहरु जोडिएको नवनिर्वाचित महासचिव न्यौपानेले बताए ।
डा.यादव पडिण्तको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल र नेपालीसँग जोडिएर एकीकृत रुपले काम गर्न सुझाउँदै फाउन्डेसनलाई शुभकामनासमेत दिए ।
त्यसैगरी फाउन्डेसनका ग्लोबल नलेज नेटवर्कका संयोजक डा.निरज श्रेष्ठले नेपालको विकासको लागि संस्था सदैव तयार रहेको बताए ।
कार्यक्रमको समापन गर्दै जय नेपाल इन्टरनेशनल फाउन्डेसनका निवर्तमान डा. पण्डितले यस संस्था कसैको विरोधी नभएको प्रष्टयाए । साथै, आगामी दिनहरुमा सबैसँगै मिलेर काम गर्ने कुरा अवगत गराउँदै फाउन्डेसनको सदस्यता लिन समेतआग्रह गरे ।
फाउन्डेसनको नयाँ कार्यसमिति यस प्रकार रहेको छ :-