नेपाली कांग्रेस बागमती प्रदेश समितिले मनसुनजन्य विपद्को समयमा प्रदेशबासीको सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार कांग्रेस बागमती प्रदेश सभापती ईन्द्रबहादुर बानियाँले पत्र जारी गर्दै पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण प्रदेशभित्रको विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोले तत्काल उद्दारसहित आवश्यक स्वास्थ्य उपचार, राहत र क्षतिपूर्ति प्रदान गर्नको लागि तीन तहकै सरकारलाई अपिल गरेका छन् ।
‘निरन्तर वर्षाका कारण वाढि, पहिरोको जोखिममा अझै यस प्रदेशका नागरिकहरू रहेका छन् । पहाडी भूभागमा पहिरो र नदिहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा छन् । कतिपय राजमार्गहरुमा अवरोध भएको छ ।’, नेता बानियाँले भने, ‘त्यसैले बागमती प्रदेश सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाव्य जोखिम वारे पुर्व जानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु जरुरी छ । यसका लागि तिनै तहको सरकार अन्तरर्गतका निकायहरूलाई जोखिमी क्षेत्रहरूको निगरानीका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नु आवश्यक छ ।’
कांग्रेस बागमती प्रदेशद्वारा जारी अपिलपत्र :-