स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान प्रक्रिया सम्पन्न भएको छ ।
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।
विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा ५ हजार ४ सय ८३ मत खसेको हो ।
यस वडामा रहेको बिष्णु ज्योति आधारभूत र प्रतिभा माविको ९ वटा केन्द्रमा मतदान भएको थियो । बिष्णु ज्योति आधारभूत विद्यालयमा ४ वटा र प्रतिभामा ५ वटा मतदान केन्द्र रहेका थिए ।