हेटौंडा/नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले यसवर्ष पनि कफी हाउस कार्यक्रम सञ्चालन गरेको छ । बुधबार कक्षा ७, ८ र ९ क सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रम मार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको फरकफरक समयमा कार्यक्रम आयोजना गरिएको छ ।विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सिपको विकास गराउने मूल उद्देश्य र उनीहरूको सिर्जनशील,तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पुर्याउने विश्वासका साथ विद्यालयले ५ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले बताए ।
कार्यक्रममा कक्षा ७ सेक्सन ए को कफी हाउस कार्यक्रमको प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल थिए भने कक्षा ८ ‘क’ को कफी हाउस कार्यक्रमका प्रमुख अतिथि हेटौंडा क्याम्पसका प्राध्यापक तथा साहित्यकार मनोज पोखरेल रहेका थिए । निखिलले साहित्य क्षेत्रमा कलम चलाएर दाम नकमाए पनि नाम भने पक्कै कमाइने बताएका छन् । ‘लेख्नु पनि वृद्धि विकासको पाटो हो र लेखेर नै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलले साहित्य जगतमा आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन्’ उनले भने । त्यस्तै अर्का प्रमुख अतिथि पोखरेलले कार्यक्रममा विद्यार्थीले प्रस्तुत गर्नुभएको रचना तारिफयोग्य रहेको बताएका छन् । विद्यार्थीले किताबी ज्ञानलाई मात्र नभई सिर्जनात्मक र व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्ने उनको भनाइ छ ।