आन्तरिक हवाई सेवा बन्द गरिने, निश्चित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय

काठमाण्डौ, बैशाख २०।। नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढेपछि नियन्त्रण प्रयास स्वरुप आन्तरिक हवाई सेवा बन्द गरिने भएको छ ।

सरकारको निर्णय अनुसार आज मध्यरातदेखि आन्तरिक हवाई सेवा बन्द हुन लागेको हो । नेपाल नागरिक उड्डन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मध्यरातदेखि सेवा बन्द हुने भए पनि अहिले भने सबै सेवा प्रदायकका विमान सेवा सुचारु छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सुझावसहितको सिफारिसमा सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले निश्चित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *