काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलरमट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १ सय ४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १ सय ४८ रुपैयाँ कायम भएको छ ।
सार्वजनिक नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।
(अनलाइनखबरबाट)

प्रतिकृया दिनुहोस्






