राक्सिराङद्वारा ६३ करोड ५२ लाख बजेट प्रस्तुत
'गाँजा' पनि समेटियो यसपटकको नीति तथा कार्यक्रममा

राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

मंगलबार बसेको १८ औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संघीय र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत मार्फत प्राप्त रकमलाई समन्यायिक र समावेशी विकासमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले गाउँ कार्यपालिकाको तर्फबाट बजेट वक्तव्य प्रस्तुत गरे ।

बजेट स्रोत विवरणअनुसार संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार ४ साय ७२ रुपैयाँ,  प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार ८ सय १७ रुपैयाँ तथा आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

जारी गरिएको कुल बजेटमध्ये ४८ करोड ५३ लाख ५४ हजार १ सय ५५ रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार १ सय ३४ रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

गाँजालाई पनि समेटियो यसपटकको नीति तथा कार्यक्रममा

नीति तथा कार्यक्रममा यसपटक गाँजाले स्थान पाएको छ । पालिकाले आर्थिक बिकास अन्तर्गत गाँजा बहस तथा अनुसन्धान कार्यक्रम संचालन गरिने भएको हो । पालिकाभित्र गाँजा खेतिको प्रचुर संभावना रहेको अवस्थामा यसबाट आर्थिकोपार्जन सहित बहु उपयोगी बनस्पति भएकोले यसबाट मनग्य आर्थिक लाभ लिन सकिने भन्दै यसलाई राष्ट्रिय महत्वको विषय बनाई प्रदेश तथा केन्द्रिय सरकार समक्ष पहल कदमी लिने उल्लेख रहेकोछ ।

यस्तै गरि अध्यक्ष रोजगारी प्रबर्द्धन कार्यक्रम ,परिबर्तन हाम्रो लक्ष्य ,श्रम संग युवा, युवासंग उपाध्यक्ष कार्यक्रम, यस्तै सुन्दर समाज हाम्रो सार,बसाई सरि आउनेलाई घर उपहार कार्यक्रम , सेवा पाउने सबैको अधिकार ,घरघर स्थानिय सरकार जस्ता कार्यक्रमहरु संचालन गरिने भएको हो ।

नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकता दिइएको छ।

सभामा अध्यक्ष मल्लले स्रोतको अधिकतम उपयोग गर्दै समावेशी र न्यायसंगत विकासमा राक्सिराङलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.