स्थापना दिवसको अवसरमा प्रेस युनियनले सप्ताहव्यापी कार्यक्रम गर्ने
'महासचिव पौडेलले पत्रमार्फत प्रदेश समिति र शाखाहरुलाई समेत दिए सप्ताहव्यापी कार्यक्रम गर्न निर्देशन'

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुदलगायत कार्यक्रम आयोजना गर्न पत्रमार्फत प्रदेश समितिहरु र सम्पूर्ण शाखालाई निर्देशन दिएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेसमैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।

युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.