मउवा संघको समन्वयमा १६० घण्टे नि:शुल्क बारिष्टा तालिम सुरु

हेटौंडा । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको सहकार्य, मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा २० जनालाई १ सय ६० घण्टे नि:शुल्क तालिम दिन लागिएको हो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाका निर्देशक श्रीधर नेपालको सभाध्यक्षतामा भएको नि:शुल्क तालिमको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाट गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाभाटले तालिममा सहभागीहरुलाई सीप सिकेर प्रमाणपत्रमा मात्र सिमित नराखी आत्मनिर्भर बन्न समेत आग्रह गरे । उनले यस तालिमबाट सीप सिकेर निक्लिनुहुनेहरुलाई रोजगारी र व्यवसायीको अवसर प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शुभकामना मन्तव्य राख्दै मउवा संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंले संघको समन्वयमा उक्त तालिम सञ्चालनको लागि अवसर मिलाइदिएकोमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौलागाईंले १ सय ५९ जनामध्ये अन्तर्वार्ताबाट तालिममा छनौट भएका २० जनालाई कुनैपनि सिफारिस बिना सीप सिकेर केही गर्छु भन्ने जोश देखिएका कारणले मात्र छनौट गरिएको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.