राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले हेटौडा-९ स्थित कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षारोपण गरेको छ ।
युवा संघको एक महिने वृक्षरोपण अभियान अन्तर्गत शनिबार मकवानपुर जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण भएको हो ।
गुम्बा परिसरको खाली रहेको जमिनमा कागती, अम्बा, लिच्ची, जामुन, तेजपत्ता लगाएत फलफुल जातका एकसय भन्दा बढी बिरुवा रोपिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका पुर्वमन्त्री, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक र फुर्वा लामा, पार्टी जिल्ला सदस्य तथा प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, युवा संघका केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ, केन्द्रीय सदस्य सागर पाण्डे, हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान लगायत युवाहरूको सहभागिता रहेको थियो ।
हरियाली हाम्रो पहिचान, वृक्षारोपण हाम्रो अभियान भन्ने नारासहित राष्ट्रिय युवा सङ्घ नेपालले असार १४ गतेदेखि साउन १४ गते १ महिनालाई विशेष अभियानका साथ वृक्षरोपण अभियान चलाएको अध्यक्ष नगरकोटीले बताए । नगरकोटीका अनुसार युवा संघ थाहा नगर कमिटीले पनि आजै पालुङमा वृक्षारोपण गरेको छ।







