जेसीआई हेटौंडाद्वारा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत पाँचौं कार्यक्रमका रूपमा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

सन् २००५ का शाखा अध्यक्ष देवेन्द्रध्वज कार्कीकी दिवंगत आमाको स्मृतिमा आयोजित उक्त कार्यक्रम हेटौंडा-९ स्थित जेसीआई हेटौंडाको सचिवालयमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा मकवानपुरका विभिन्न १५ विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धामार्फत भुटनदेवी माध्यमिक विद्यालय पहिलो, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । विजेताहरूलाई क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार सहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी दिए ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न हाजिरीजवाफ कार्यक्रमको संयोजक विवेक फुयाल तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–मूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.