२०१८ बाट सुरु भएको यात्राले पुर्‍यायो श्रेष्ठलाई २०२६ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष उम्मेदवारीसम्म

जेसीआई नेपाल वर्ष २०२६ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा बिकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत ‘हार्दिक अपिल’ शीर्षकमा पोस्ट गर्दै आगामी वर्षको लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा आफ्नो उमेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

सन् २०१८ मा जेसीआई हेटौंडाबाट साधारण सदस्यका रूपमा सुरु भएको आफ्नो जेसीज यात्रा निरन्तर अनुभव, सीप र नेतृत्व क्षमताको विकाससँगै अघि बढेको उनले उल्लेख गरेका छन् । शाखा तहबाट नेतृत्वका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी २०२४ मा जेसीआई हेटौंडाको शाखा अध्यक्षसमेत बनेका थिए ।

उनका अनुसार जनवरी १ देखि डिसेम्बर ३१ सम्मको शाखा अध्यक्षको कार्यकाल चुनौती र अवसरले भरिपूर्ण रह्यो, जसले आफूमाथि थप दृढता र नेतृत्वप्रति नयाँ दृष्टिकोण सिर्जना गर्‍यो । सोही अनुभवको आधारमा उनी जेसीआई नेपाल वर्ष २०२५ का लागि राष्ट्रिय महासचिवमा मनोनीत भएका थिए । महासचिवका रूपमा रहँदा जेसीज अभियान, सहकार्य र टिम भावनाको महत्व गहिरो रूपमा बुझ्ने अवसर प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

‘त्यही सिकाइ, अनुभव र प्रेरणाले नै मलाई वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्न प्रेरित गर्यो,’ श्रेष्ठले पोस्टमार्फत भनेका छन् ।

श्रेष्ठले जेसीआई परिवारसँग साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा गर्दै आफूलाई प्रदान हुने मार्गदर्शनले मात्र यात्रा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.