‘सामूहिक नेतृत्व’ लिएर मैदानमा श्रीधर पोख्रेल
उपचाररत अवस्थामै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता

नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले पार्टीको ११औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन्।

सवारी दुर्घटनापछि सात महिनादेखि उपचाररत पोख्रेलले बुधबार पार्टी कार्यालय मकवानपुरमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौंमा उपचार भइरहेका पोख्रेलले टेलिफोनमार्फत प्रतिक्रिया जनाउँदै भने, ‘आगामी ११औँ महाधिवेशनमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी वहन गर्दै मैले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरेको छु ।’

अध्यक्ष पोख्रेलले आफ्नो स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गरेको बताउँदै छिट्टै पार्टी काममा फर्किने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार केही दिनमै शल्यक्रियाको तयारी भइरहेको छ। यसअघि परिवारका एक सदस्यको शल्यक्रिया रहेका कारण आफू अस्पतालमै व्यस्त रहेको उनले बताए ।

मकवानपुर क्षेत्र नम्बर १ र २ बाट १६ जना महाधिवेशन प्रतिनिधि चयनका लागि ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । पोख्रेलले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । सर्वसम्मत चयनको प्रयास जारी रहेको र आवश्यक परे मंसिर १३ गते मतदानमार्फत प्रतिनिधि चयन हुने पार्टी स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.