सागर सापकोटा (जापान) । जापानको होकाइदोमा बसोबास गर्ने नेपाली समाजको सम्पन्न प्रथम अधिवेशनले राजन गिरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा चाहना पुरी गिरी र रोशन निरौला, सचिवमा महेन्द्र केसी, सहसचिवमा विकास गिरी र कोषाध्यक्षमा रामु गिरी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दीपक गिरी, धुर्व गिरी, दीपक अर्याल, गोमा श्रेष्ठ खड्का, सुकलाल थकाली, बिपुल अधिकारी, कोसिस घले, विनय अर्याल, सोनम श्रेष्ठ, कृष्णहरी न्यौपाने र जानुका भट्ट रहेकी छन् ।
विशुद्ध समाजसेवाको भावना बोकेको यस संस्थाले होकाइदोमा बस्ने नेपालीहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक सहयोग जस्ता कार्य गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस्







