हेटौडामा भजनमार्फत नयाँ वर्ष २०८३ को स्वागत गरिने

हेटौडा । नयाँ वर्ष २०८३ को अवसरमा हेटौडामा विशेष भजन कार्यक्रम आयोजना हुने भएको छ।

मेन्स रुम रिलोडेड ‘एम.आर.आर’ हेटौंडा टिमले आगामी वैशाख १ गते मंगलबार बिहान ७ बजेदेखि उक्त कार्यक्रम गर्न लागेको हो ।

समाजमा सकारात्मक ऊर्जा, धार्मिक सचेतना र आध्यात्मिक भावना फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एम.आर.आर हेटौंडाका मित्र गौतमले बताए । उनका अनुसार कार्यक्रममार्फत आफ्नो धर्म र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

नयाँ वर्षलाई शान्त र ऊर्जावान् रूपमा सुरुवात गर्नका लागि भजन कार्यक्रममा सहभागी हुन सम्पूर्ण धर्मानुरागी तथा स्थानीयवासीमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.