नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय उपमहासचिवमा मकवानपुरका बालकृष्ण दाहाल सर्वसम्मत रूपमा चयन भएका छन् ।
दाङको घोराहीमा सम्पन्न परिषद्को सातौँ राष्ट्रिय महाधिवेशनले दाहाललाई उपमहासचिवमा निर्वाचित गरेको हो । यसअघि उनी सचिवालय सदस्य थिए ।
महाधिवेशनले बुटवलका गंगाराम तिवारीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।
महाधिवेशनले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको स्थायी दरबन्दी सिर्जना, पेसागत सुरक्षा र सेवा सुविधा व्यवस्थित गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको छ ।
प्रतिकृया दिनुहोस्







