बागमती प्रदेशको रामेछाप जिल्लाको सगरमाथा पशुपालन तथा कृषि सहकारी संस्थाको अध्यक्ष भीमबहादुर तामाङसँग गरिएको कुराकानीसको अंश ।
तपाईंको सहकारी संस्थाले के के काम गरिरहेको छ ?
यो सहकारीले सहकारीको सदस्यहरू विशेष गरी महिला सदस्यहरूले प्रत्यक्ष रुपमा उत्पादन गरेको राज्मा लगाएत कोसेबालीमा मस्याङ, गहत मास लगाएतहरूलाई ग्रेण्डिङ, ब्राण्डिङ, लेवलिङ गरेर बजारसम्म पुर्याउने हिसाबमा स्थानीय मार्केटको मूल्य भन्दा बेसी मूल्यमा बेच्न सक्यो भने उहाँहरूलाई राम्रो मुनाफा हुन्छ भन्ने हिसाबले काम गरिराखेका छौँ । यस्तो काम गरेको तीन वर्ष भयो ।
सहकारीमा कति जना सदस्य हुनुहुन्छ ? कहाँ लगेर विक्रि गर्नुहुन्छ ?
१५२ जना सदस्य छन् । उहाँहरूले उत्पादन गरेको गेडागुडि काठमाडौँ लगेर विक्रि गरेका छौँ । १/२ र ५ केजीको प्याकेजिङ कस्ट्ली छ । एकथरी प्याकेजिङ सुपर मार्केटको लागि छ भने एकथरी २०÷२५ केजीको होलसेल प्राइजमा विक्रि हुन्छ । धेरै चाहि सुपर मार्केटमा जान्छ । त्यहि बाट विक्रि भइरहेको छ । १ केजीको मूल्य २७०/२८० छ राज्माको । पाथीमा किन्दा चाहि फाइदा हुन्छ । प्याकेजिङ चाहि सहर बजारमा बस्ने उपभोक्ताको लागि तयारी गरेर बनाइएको हो । तेसमा स्पेशल ग्रेडिङ हुन्छ । तेसमा प्याकेजबाट निकाले पछि केलाउन पर्दैन । तेसको मूल्य बेसी पर्ने भयो । पाथीमा लिदा झण्डै १०० जतिनै कम पर्छ ।
किसानसँग लिदा कतिमा लिनु हुन्छ ?
यो वर्षको दररेट ७०० देखि ७५० सम्म पाथीको किन्यौँ । सहकारीले लेवलिङ प्याकेजिङ गरेर बेचे पछि त्यसको ३५ प्रतिशत किसानलाई नै फेरी दिन्छौँ ।
लेवलिङ प्याकेजिङको लागि कुनै संघसंस्थाबाट सहयोग छ कि ?
हामीलाई कृषि ज्ञानकेन्द्र र जिल्ला घरेलु उद्योग विकासले सहयोग गर्नु भएको छ । उहाँहरूले नै लेवलिङ र प्याकेजिङ गर्न सिकाउनु भएको हो । हामीहरूसँग आर्या र सिया भन्ने एउटा संस्था छ त्यो संस्थाले पनि प्याकेजिङ र बजारिकणको लागि सहयोग गर्नु भएको छ । बजारमा गएर सुपरमार्केटहरूमा भिजिट गराउने, उहाँहरूसँग छलफल गर्ने, कमिशन मिलाउने र विशेष गरेर महिलाहरूको उत्पादन हो कम कमिशन राखेर बेचिदिनु भनेर सहजीहरण गरिदिनुहुनेछ र हामीले सोही अनुसार कुरा गर्नेछौँ ।
बजारीकरणको अवस्था कस्तो छ ? नाफा कति भयो ?
बजारीकरण राम्रै छ । अन्य ठाउँबाट ल्याएर लेवलिङ प्याकेजिङ गर्ने भन्दा पनि हामीले यहि उत्पादन भएको कृषक समूह तथा सदस्यहरूबाट लग्ने भएका कारण मौसमले साथ नदिएको बेला कम उत्पादन हुन्छ र बढि महङ्गो हुन जान्छ र राम्रो फलेको बेला कम मूल्य पर्न जान्छ । हामीले वर्षमा १० टन विक्रि गरेका छौँ र यो वर्ष पनि १० टनकै माग थियो र पठायौँ । स्थानीय विउ बाहेक १० टन बेच्यौँ । यसबाट हामीलाई नाफा झण्डै १ वर्षमा डेढलाख नाफा भएको थियो । सहकारीमा राख्नु पर्ने राखिसकेपछि अरू जति जति गेडागुडी लिएका थियौँ तेतिको ३५ प्रतिशत किशानलाई नै फिर्ता गर्यौँ । विचौलियाहरूले नाफाको लागि लग्थ्यो भने हामीले उहाँहरूकै दररेट तिरेरै लिन्छौँ विचौलियाहरूले नाफा बुक गर्दा ग्राहकलाई पनि महङ्गो पर्थ्यो भने अहिले कम मूल्यमै पाइरहनु भएको छ । किशानहरूसँग पनि सबै उत्पादित सामान सहकारीले नै लिने बेसी भएमा मात्र विचौलियाहरूलाई दिने कमिन्मेन्ट गरेका छौँ । हामीले लिदा बोकेर बजार खोज्नु पर्ने झन्झटबाट मुक्त हुनु परेको छ ।
एकजना किसानले कति सम्म उत्पादन गर्नु भएको छ ?
एकजना किसानले यहाँको चलनचल्ती अनुसार ६ देखि ८ मुरी सम्म उत्पादन गर्नु भएको छ । विशेष गरेर हामीले सहर केन्द्रित गरेको हुँदा बेसी भएका सामान उहाँहरूले हाट बजार लगेर बेच्नु हुन्छ । यो राज्माको मात्र हो । राज्मा बाहेक अरुको धेरै समय प्याकेजिङ गरेर राख्न सकिदैन । राख्न नसकिएको कारण चाडै किरा लाग्नु हो । अरू कोशे बाली चाहि किसानले चाडै बेच्नु हुन्छ । यो वर्ष धेरै गहतको माग आयो । अर्को वर्ष हामी गहतलाई प्राथमिकता दिन्छौँ । विशेष माग भनेको राज्मा हो भने दोस्रोमा मास र तेसपछि गहत हो ।
राज्माको माग बेसी हुनुको कारण के हो ?
राज्मा हाम्रोमा गुणस्तर खालको उत्पादन हुन्छ । प्रोटिन तथा पोषणको मात्रा अन्य राज्मा भन्दा बेसी भेटिएको छ परिक्षण गर्दा छ । राम्रो र गुणस्तरीय भएको कारण राज्माको माग बढेको हो । शुरुको वर्षमा लग्नु हुने व्यापारीहरूले हामीसँग वार्षिक रुपमा ५÷१० केजी भए पनि लग्नु हुन्छ । बेच्ने ठाउँमा पनि हामीहरूले बुझ्दा पहिलो वर्ष किन्नेहरूले नै प्राथमिकता साथ लग्नु भएको सुनिएको छ । यहाँको राज्मा पकाउदा दालमा मिठासपन अरू ठाउँको भन्दा बेसी नै भएको जानकारी गराउनु भएको छ ।
अरू ठाउँको पनि कलेक्सन गर्नु भएको छ कि तपाईको वडाको मात्र हो ?
अहिले हामीले रामेछाप नगरपालिका वडा नं. ५ रामपुरको मात्र कलेक्शन गरेका छौँ । वडाको पनि पूरै लिन सकिरहेको अवस्था छैन । लगानी धेरै लगाउनु पर्ने भएको कारण १५२ घरधुरी सहकारी सदस्यको पहिलो प्राथमिकता हो भने अरू बाकी रहेकाहरूका थोरैथोरै लिएका छौँ ।
वडामा कति पैसा भित्रियो यो वर्ष ?
ठ्याक्कै एकिन हिसाब त निकालेका छैनौ तर हामीले ७०० देखि ७५० पाथीमा किन्यौँ र १ पाथी बेच्दा ११०० जतिको आम्दानी हुन्छ ।
ढुवानीको लागि कतैबाट केहि सहयोग छ कि ?
ढुवानी सहकारीले नै गरेका छौँ । ढुवानीको ५० प्रतिशत सिएस्आर्ए भन्ने कम्पनीले गरिदिनु भएको छ । पालिकास्तरबाट खासै केही सहयोग छैन । पालिकामा लेवलिङ, ग्रेडिङ गर्न अनुरोध गर्यौँ । सहयोग गछौँ त भन्नु भएको थियो तर अहिलेसम्म सहयोग भएको छैन । कृषि एम्बुलेन्स भनेर पालिकाले गाडि पनि खरीद गरेको छ । त्यो गाडिलाई प्रयोग गर्ने कार्यविधि बनेको छैन । बनेपछि कही सहज हुनेछ र ढुवानी बचेका कृषकलाई फाइदा हुनेछ भन्ने लागेको छ ।
गेडागुडी एक सिजनमा मात्रै फल्छ । तेसलाई भण्डारण गर्नु हुन्छ कि सबै एकै पटकमा बेच्नु हुन्छ ?
गर्न त भण्डारण नै गछौँ । तर प्याकेजिङ गरेको जति सबै काठमाडौँ पुर्याउछौँ । काठमाडौँमा हाम्रो स्टोर रहेको छ । स्टोरबाट माग भए अनुसार विभिन्न सुपर मार्केटमा पुर्याउने काम हुन्छ । जिल्लामा प्याकेजिङ भएको सामान पाइदैन तर बोरामा भएका स्टोर गरिएका सामान जुन महिनामा पनि १० केजी माथि पाइन्छ । तर, यो वर्ष हाम्रो स्टक सकिएको छ । विऊको लागि राखिएको गेडागुडी मात्र छ । अफसिजनमा लिनेहरूको लागि काठमाडौँमा भएको प्याकेजिङ गरेको लिन सक्नुहुनेछ ।
लेवलिङ, प्याकेजिङ गर्ने कर्मचारीहरू कति छन् ?
परमानेन्ट छैन । सिजनको बेला त्यही सहकारीको ग्रुपबाट छनौट गरेर १० जना जति १ महिनाको लागि राखेका हुन्छौँ ।
सहकारीले अरु के के काम गरिरहेको छ ?
सहकारी भनेको आर्थिक लेनदेनको कुरा हुन्छ भनेर सम्झनु हुन्छ होला तर हाम्रो सहकारीले विशुद्ध खेतिपाती कसरी गर्ने ?, कोशेबाली कसरी लगाउने ?, लगाए सकेपछि टिप्ने तरिका, भण्डारण गर्ने तरिका, अर्कोसालको लागि विऊ कसरी जोगाउने ? कुरा सिकाउछौँ । यहि वर्ष पनि किशानले राखेको विऊमा किरा लाग्यो, नोक्सान भयो भन्ने कुराको समस्याहरू धेरै आए । हाम्रो ४/५ वर्षको अनुसन्धान पछि कोशेबाली टिपिसकेपछि कसरी सुकाउने, मात्रा नमिलाइकन बोरामा प्याकिङ गर्दा ध्यान पुर्याउने तरिका बारे हामीले ९ समूहलाई तालिम दियौँ । उहाँहरूलाई कोशेबाली लगाउने तरिका, कम विऊ छरेर बढी उत्पादन कसरी गर्ने तथा विऊको नोक्सान नगराउने, उम्रीसकेको विरुवालाई कसरी छाटकाट गर्ने ? भन्ने कुरालाई सिकाउदै तालिम दिइरहेका थियौँ ।






