मनहरीमा निर्माण सम्पन्न पाँच पूर्वाधार परियोजनाको उद्घाटन

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाको विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधार परियोजनाको उद्घाटन भएको छ ।

बिहिवार एक कार्यक्रमका बीच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले मनहरी-६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको उद्घाटन गरेका हुन् ।

नेता बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । व्यक्तिको आस्था जुनसुकै पार्टीमा रहनसक्ने भएकाले जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने बताए । उनले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिबाद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा लागिपर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रदेश सरकार, मनहरी गाउँपालिका र वडाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी-६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी-७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.