बहादुरसिंह लामा विरुद्ध कांग्रेसका २१ सांसदद्वारा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसहित २१ सांसदले नेता बहादुरसिंह विरुद्ध शुक्रबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेता लामाबाट बागमती प्रदेशको विकास, समृद्धि र पार्टीको तर्फबाट संसदीय दलको नेतृत्व गर्नसक्ने विश्वास टुटेको कारण उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभापति बानियाँले बताए

बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद रहेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरुको नामावली :- 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.