अंकुर नेपालले इपिएस कामदारको परिवार लक्षित परामर्श कार्यक्रम गर्दै

बागमती प्रदेशको राजधानी हेटौंडामा दक्षिण कोरियामा कार्यरत इपिएस प्रणाली अन्तर्गतका नेपाली कामदारहरुको परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुन लागिएको छ ।

उक्त कार्यक्रम नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोइका (कोरियन इन्टरनेशनल कर्पोरेसन एजेन्सी) र के-हामी परियोजनाको संयुक्त आयोजना तथा अंकुर नेपालको सहकार्यमा हुन लागिएको हो ।

बुधबार अंकुर नेपालको हेटौंडा सम्पर्क समितिले पत्रकार सम्मेलन गर्दै जेठ १६ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा पहिलो पटक उक्त कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष किशोर डंगोलले बताए ।

उक्त कार्यक्रम कोरियामा रहेका श्रमिकका परिवारको हितमा हुने भन्दै समितिका सचिव माधव सापकोटाले कार्यक्रममा श्रमिकका मातापिता र श्रीमान/श्रीमती मात्रै सहभागी हुन पाइने जानकारी गराए । ‘कोरियामा काम गर्नुभएको व्यक्तिको नाम प्रस्ट हुनुपर्ने र घरपरिवारले श्रमिकसँगको नात स्पष्ट खुलाउनु पर्नेछ । अन्यथा कार्यक्रममा सहभागी हुन पाइने छैन ।’, सापकोटाले भने

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.