नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा नेकपा एमालेका नेताहरूमाथि भएको निषेधको घटनाप्रति दुःख व्यक्त गर्दै निषेधको राजनीति नगर्न आग्रह गरेका छन् ।

महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मार्फत उक्त घटनालाई जेन–जी पुस्ताको भावना नभएर त्यसको दुरुपयोग भएको बताएका छन् ।
‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्’, शर्माले लेखेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
उनले घटनालाई दुःखद् भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् । शर्माले भ्रमणको उचित वातावरण नबनाएसम्म चुनाव हुन नसक्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस्






