नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस
'मकवानपुर शाखाले गर्‍यो शुभकामना आदानप्रदान र खाद्यान्न वितरण'

लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस युनियनको स्थापना दिवसमा मकवानपुर शाखाले शुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण गरेको छ ।

मंगलबार हेटौंडा-१० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण गर्दै नेपाल प्रेस युनियन मकवानपुरले ३४ औं स्थापना दिवस मनाएको छ ।

युनियन ३४ औं स्थापना दिवसको अवसरमा जेठ १२ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने केन्द्रीय सर्कुलर अनुसार मकवानपुर शाखाले शुभकामना आदानप्रदानसँगै विद्यालयलाई खाद्यान्न वितरण गरेको हो ।

युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष राममणि दाहालको प्रमुख आतिथ्यतमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारीलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

‘कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो र यसले प्रेस युनियनको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता र लोकतान्त्रिक पत्रकारिताको सशक्त पक्ष उजागर गरेको छ।’, अध्यक्ष बिडारीले भने ।

मकवानपुरमा प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने प्रमुख संस्थाहरु मध्ये एक हो । विभिन्न समयमा प्रेस युनियनको अन्य शाखाहरु मध्ये मकवानपुर शाखा चलायमान रहेको भन्दै बैठक तथा कार्यक्रमहरुमा केन्द्रीय समितिद्वारा प्रशंसित समेत भएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.