कांग्रेस बागमती प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीहरुलाई निर्देशन
'आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान हुनेगरी बजेट ल्याउनुस्'

नेपाली कांग्रेस बागमती प्रदेशले मूख्यमन्त्री तथा मन्त्रीहरुलाई आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाई बजेट ल्याउन निर्देशन दिएको छ ।

कांग्रेसबाट सरकारमा सहभागी मूख्यमन्त्री तथा मन्त्रीहरुलाई बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यको आधारमा बजेट निर्माण गर्न प्रदश सभापति ईन्द्रबहादुर बानियाँले निर्देशन दिएका हुन् ।

मंगलबार हेटौंडामा सम्पन्न कांग्रेस बागमती प्रदेश समिति र संसदीय दलको संयुक्त बैठकमा बागमति प्रदेशभित्र पछाडि परेका भुगोल र सिमान्तकृत, दलित, अल्पसंख्यक, अपाङ्गलगायतलाई निःशुल्क शिक्षा, किसान, महिला र युवा रोजगारलाई समेटेर बजेट ल्याउने विषयमा छलफल गरिएको कांग्रेस बागमती प्रदेश कार्यालयका मूख्यसचिव राजु नेपालले जानकारी दिए ।

‘बैठकमा आएका सल्लाहसुझाव समेटेर नीति तथा कार्यक्रम बनाईनुका साथै आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउने कुरामा मुख्यमन्त्री र अरु मन्त्रीहरु सकारात्मक नै हुनुहुन्छ, अब नीति तथा कार्यक्रम बनाउने र बजेट ल्याउने बेलामा कतिको कार्यान्वयन हुन्छ त्यो हेर्न भने बाँकी नै छ’, साझापत्रसँग कुरा गर्दै प्रदेश सभापति बानियाँले भने

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.