हेटौंडा-१८ मा बुद्ध मुर्तिको प्राणप्रतिष्ठा, नेता बानियाँद्वारा नवनिर्मित भवनको समुद्घाटन

हेटौंडा उपमहानगरपालिका १८ खट्कुलेस्थित टासी देलिङ्ग बौद्ध गुम्बामा राखिएको त्रीबुद्घ मुर्तिको प्राण प्रतिष्ठा तथा गुम्बा भवनको समुद्घाटन गरिएको छ ।

बिहीबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले त्रीबुद्घ मुर्तिको प्राण प्रतिष्ठा तथा नवनिर्मित भवनको सनुद्घाटन गरेका हुन् ।

समुद्घाटन गर्दै नेता बानियाँले बद्ध भगवानकाे मूर्ति स्थापनाले नेपालका विभिन्न जातजातीमा धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बुद्धको मार्ग दर्शनले हजारौ वर्षदेखि मानिसलाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्नेगरेको बताए ।

स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट वजेट विनियोजनमा विशेष पहल गरेका नेता बानियाँले आगामी दिनहरुमा पनि यस गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

७५ लाखमा निर्मित टासी देलिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राजकुमार गोलेको सभापतित्वमा मूर्तिको प्राणप्रतिष्ठा तथा नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.