हेटौंडा । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कार्यसमितिले प्रदेश सरकारलाई १५ बुँदे सुझावपत्र बुझाएको छ ।
उक्त सुझावपत्र सोमबार प्रदेश कार्यसमितिको आयाेजना तथा जिल्ला कार्यसमितिको संयोजनमा बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई बुझाइएको हो ।

आउँदो आर्थिक बर्ष २०८२/०८३ को बजेट निर्माणका लागि प्रदेशका प्रमुख सचिव मार्फत मुख्यमन्त्री , अर्थमन्त्री सहित नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समक्ष १५ बुँदे सुझाव पत्र बुझाएको संगठनका महासचिव टेकनाथ काफ्लेले जानकारी दिए । उनका अनुसार सुझावपत्रमा प्रदेशस्तरीय कर्मचारीका हकहित, सेवा सुविधा, सुरक्षाको प्रत्याभूति, तथा पेशागत मर्यादा र गरिमालाई सुनिश्चित गर्न प्रदेश सरकार समक्ष यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गरिएको छ ।
सुझावपत्र हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष सहित प्रदेश कार्यसमितिका पदाधिकारी र जिल्ला कार्यसमितिहरुको उपस्थिति रहेको थियो ।
१५ बुँदे सुझाव पत्रमा के-के छन ? (पत्र सहित )








